काठमाण्डु – भारत बिहारको बथनाहाबाट हिँडेको कार्गाे रेल विराटनगर आइपुगेको छ । विराटनगरस्थित भन्सार यार्डसम्म सञ्चालन हुने गरी आजबाट रेल सेवा सुरु गरिएको हो ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आइपुगेको हो। प्रचण्ड भारत भ्रमणमा रहेको बेला दुवै देशका प्रधानमन्त्रीले झण्डा देखाएर रेल सेवाको संयुक्त रूपमा थालनी गरे ।
विराटनगरस्थित आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको औद्योगिक कच्चा पदार्थ बोकेर रेल आइपुगेको हो ।




प्रतिक्रिया