भारतमा बितण्डा मच्चाइरहेको चक्रवाती आँधीले नेपालमा कस्तो प्रभाव पार्छ ?

भारतमा बितण्डा मच्चाइरहेको चक्रवाती आँधीले नेपालमा कस्तो प्रभाव पार्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतमा चक्रवाती आँधीले तिव्र रुप लिएको छ । अरब सागरमा चक्रवाती आँधीले आइतबार भयंकर रूप लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चक्रवाती आँधीबेहरीले अझ बढी गति लिने बीबीसी हिन्दीले जनाएको छ । सोमबार प्रति घण्टा १६० किलोमिटर भन्दा बढीको हावा चल्ने बताइएको छ । चक्रवाती आँधीका कारण ठूलो आँधीबेहरीको साथ धेरै प्रभावित क्षेत्रहरूमा मुसलधारे वर्षा भइरहेको जनाइएको छ ।

द हिन्दू समाचारका अनुसार केरलाको एर्नाकुलम र कोझिकोड जिल्लामा आँधीका कारण दुई जनाको मृत्यु भएको छ । दुई हजार भन्दा बढी व्यक्तिहरू आफ्नो घर छोडेर शिविरमा बसेको जनाइएको छ ।

यी व्यक्तिहरूका लागि ७१ राहत शिविरहरूको व्यवस्था गरिएको छ । राज्यमा शनिबार औसत १४५.५ मिमी वर्षा भएको भारतीय मौसम विभागले जनाएको छ ।

आगामी ४८ घण्टामा कर्नाटक, महाराष्ट्र र गुजरातको तटीय क्षेत्रहरूमा मुसलधारे वर्षा र तीव्र बतासको सम्भावना छ । तीव्र वेगको बतासका कारण ठूलो जनधनको क्षति हुने बताइएको छ ।

समुद्र तटमा बस्ने मानिसहरुलाई सुरक्षित स्थानमा रहन चेतावनी दिइएको छ । भारतीय मौसम विज्ञान विभागले चक्रवातले पोर्टबंदर र नलिया बीचको गुजरात तटमा मे १८ दिउँसो वा साँझसम्म बितण्डा मच्चाउने चेतावनी दिएको छ ।

चक्रवाती तूफानले गुजरातको समुद्री तटमा तट वर्षा हुने मुसलधारे वर्षा हुने अपेक्षा गरेको छ । यस बाहेक, जुनागढ़, गिर–सोमनाथ, सौराष्ट्र, कच्छ, दीव, पोरबंदर, देवभूमि, द्वारका, अमरेली, राजकोट र जामनगरमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ ।

यो चक्रवाती आँधी अरबी समुद्री किनारको उत्तरतिर बढेको छ । गोवाको पञ्जीमको २६० किलोमिटर दक्षिण–पश्चिम र मुम्बईको ६२० किलोमिटर दक्षिण–दक्षिणपश्चिममा पुगेको छ ।

तमिलनाडु र लक्षद्वीप टापुका तटीय जिल्लाहरुमा पनि चक्रवाती आँधीबेहरीका कारण ठूलो वर्षा भइरहेको बताइएको छ ।

भारतीय मौसम विज्ञान विभागका अनुसार साइक्लोन टोकट मे १८ मा गुजरातको तट पार गरी उत्तर उत्तर पश्चिमतिर सर्नेछ । त्यस समयमा यसको तीव्रता धेरै उच्च हुनेछ । यो चक्रवात त्यस्तो समयमा आएको छ जब भारतले कोरोना महामारीको दोस्रो छाल सामना गरिरहेको छ ।

नेपालमा कस्तो प्रभाव पर्छ ?

नेपालमा चक्रवाती आँधीले सोमबारबाट प्रभाव पार्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भोली पश्चिमी भू-भागमा मौसम बदली हुनेछ ।

मंगलबार मौसम बदलीका साथसाथै मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहितको वर्षाको सम्भावना रहेको मौसदविद् मन्जुवासीले जानकारी दिइन् । भारतीय चक्रावतीका कारण नेपालमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् बासीले बताइन् ।

‘नेपालमा आंशिक प्रभाव पार्छ । अहिलेसम्मको विश्लेषण हेर्दा ठूलो वर्षाको सम्भावना छैन् । यसले जनधनको क्षति गर्ने देखिँदैन’, उनले भनिन् ।