काठमाण्डु – भारतले लेफ्टिनेन्ट जनरल एनएस राजा सुब्रमणि (सेवानिवृत्त) लाई नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त गरेको छ।
उनले हालका सीडीएस अनिल चौहानको स्थान लिनेछन् । चौहानको कार्यकाल मे ३० मा समाप्त हुँदैछ।
लेफ्टिनेन्ट जनरल सुब्रमणि हाल राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सैन्य सल्लाहकारको महत्वपूर्ण पदमा कार्यरत छन्। उनले सन् २०२५ सेप्टेम्बर १ देखि उक्त जिम्मेवारी सम्हालिरहेका छन्।
आफ्नो कार्यकालमा उनले विभिन्न संघर्षग्रस्त क्षेत्र तथा भौगोलिक भूभागहरूमा सेवा दिएका छन्। उनले विभिन्न कमान्ड, स्टाफ तथा प्रशिक्षणसम्बन्धी पदहरूमा काम गरेका छन्।




प्रतिक्रिया