चिनियाँ विदेशमन्त्री र भारतका सुरक्षा सल्लाहकारबीच टेलिफोन वार्ता

चिनियाँ विदेशमन्त्री र भारतका सुरक्षा सल्लाहकारबीच टेलिफोन वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत र पाकिस्तानले जारी युद्धलाई अन्त्य गर्दै युद्धविराम गर्ने सहमति गरेको भोलिपल्ट चिनियाँ विदेशमन्त्री वाङ यीले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग फोनमा कुराकानी गरेका छन्। चीनको विदेश मन्त्रालयले दुई जना बिचको कुराकानी भएको पुष्टि गरेको छ ।

डोभालले पहलगाममा भएको आतंकवादी आक्रमणले भारतीयहरूमा गम्भीर क्षति पुर्‍याएकाले भारतले कडा आतंकवादविरोधी कदम चाल्न बाध्य भएको बताएको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

यस्तै डोभालले युद्ध भारतको रोजाइ नभएको र यो कुनै पनि पक्षको हितमा नभएको बताउँदै भारत र पाकिस्तान युद्धविरामको लागि प्रतिबद्ध रहेको र चाँडै क्षेत्रीय शान्ति र स्थिरता पुनर्स्थापित गर्न काम गरिरहेको जानकारी दिए ।

यस्तै वाङ यीले चीनको तर्फबाट पहलगाम आक्रमणको निन्दा गर्दै चीनले सबै प्रकारका आतंकवादको विरोध गर्ने बताए।

वाङ यीले भारत र पाकिस्तान अविभाज्य छिमेकी भएको र दुवै चीनका छिमेकी पनि भएको बताउँदै चीनले युद्ध नचाहने भारतको अडानलाई कदर गर्ने पनि स्पष्ट पारे । ‘चीनले भारत र पाकिस्तान वार्ताको माध्यमबाट स्थायी शान्ति र युद्धविरामतर्फ अघि बढुन् भनेर चाहेको उल्लेख छ । यो दुवै देश र विश्वको हितमा छ,’ चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।