एजेन्सी – गलवानमा चीनले भारतीय २० जना सेना मारिदिएपछि दुई देशबीचको विवाद उत्कर्षमा पुगेको छ । तसर्थ यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पनि परेको छ । महाराष्ट्र सरकारले पाँच सय करोडका चिनियाँ कम्पनीसँगका तीन वटा परियोजना रोकिदिएको छ ।
लद्दाखको गल्वान उपत्यकामा भारतीय र चिनियाँ सेनाको बीच भएको हिंसात्मक झडपपछि दुई महाराष्ट्र सरकारले सम्झौतापत्रमा हस्ताक्षर भएको उक्त परियोजना रोकिदिएको हो । इन्डियन एक्सप्रेसकाअनुसार महाराष्ट्र सरकारले चिनियाँ कम्पनीसँग यी सम्झौता हालै लगानीकर्ताहरूसँग गरेको ‘म्यागनेटिक महाराष्ट्र २.०’ सम्मेलनमा गरेको थियो ।
भारतीइ विदेश मन्त्रालयले आफ्ना २० जना सेना मारिएपछि ती चिनियाँ कम्पनीसँग सम्झौता नगर्न निर्देशन दिएको महाराष्ट्रका उद्योगमन्त्री सुभास देसाईले बताए ।
तीनैवटा चिनियाँ कम्पनीहरु इञ्जिनियर, पीएमआई इलेक्ट्रो मोबिलिटी सोल्युशन्स जेभी र फोटोन र ग्रेट वाल मोटर्सले पून जिल्लाको तलेगाउँमा लगानी गर्ने बताइएको थियो ।
गत महिना भएको अनलाइन सम्मेलनमा भारतका लागि चिनियाँ राजदूत सन वेइडोङले सहभागिता जनाएका थिए ।
यसैगरी पुणे नजिकै तेलेगावमा गेर्टवाल मोटर्सको ३ हजार ७ सय ७० करोड भारू, हेङ्ली इन्जिनियरिङको २ सय ५० करोड भारू, फिएमआई एलेक्ट्रो मोबिलिटी र चिनियाँ कम्पनी फोटोनको एक हजार करोड भारूको परियोजना रहेको जनाएको थियो ।
यस अन्तरगत महाराष्ट्र सरकारले भारतीय कम्पनीका अलावा चीन, दक्षिण कोरिया, सिङ्गापुर तथा अमेरिकका कम्पनीहरुसँग १२ वटा विभिन्न सम्झौता गरेको थियो । महाराष्ट्र सरकारले अन्य ९ सम्झौताला भने प्रक्रियामा लगेको जनाएको छ ।
कम्पनीले विभिन्न चरणमा गरेर ७ हजार ६ सय करोड भारू लगानी गर्ने बताएको थियो । यसबाट करिब ३ हजार रोजगारी श्रृजना हुने उसको भनाइ थियो ।
मुख्यमन्त्री उद्धव थाक्रेले भारत सरकारले चीनलाई कामबाट जवाफ दिने चेतावनी दिएका छन् । उनले भने, ‘हाम्रो सरकारले चीनलाई कामबाट जवाफ दिने कुरा प्रधानमन्त्रीले भनिसक्नु भएको छ । त्यसकारणले यो पनि एउटा सुरुवाती चरण हो । यसमा धैर्यता कायम गर्नु जरुरी छ’, उनले भने ।




प्रतिक्रिया