भारत–चीन सैन्य वार्ता आज, चिनियाँ कूटनीतिज्ञ पहिलो पटक सहभागी हुँदै


एजेन्सी – चीन–भारत सीमा विवादबारे छलफल गर्न सातौं चरणको वार्ता हुँदैछ ।

पूर्वी लद्दाखमा भारत–चीन सीमामा तनाव कम गर्न पहिलो पटक चीनको प्रतिनिधिका रूपमा वरिष्ठ कूटनीतिज्ञहरुलाई समावेश गर्ने कमाण्डर तहको सातौं चरणको वार्ता सुरु हुने भएको हो ।

भारतीय सञ्चार माध्यमकाअनुसार चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीहरू र राजनीतिक आयुक्तहरू बैठकमा सहभागी हुने भएका छन् ।

यसअघि सेप्टेम्बर २१ मा आयोजित छैटौं चरणको वार्तामा भारतबाट एक वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव (पूर्वी एसिया) नवीन श्रीवास्तवले भाग लिएका थिए ।

सेप्टेम्बर १० मा मस्कोमा भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ्ग वीबीचको बैठकमा ५ बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement