भारत-चीन सीमा विवाद हल गर्न दुवै देशका सैन्य कमाण्डरहरुको वैठक बस्दै,के छन् वैठकका ऐजेण्डा ?


एजेन्सी – भारत र चीनवीच पूर्वी लद्दाखमा एक महिनादेखी जारी सीमा विवाद हल गर्नको लागी दुवै देशका सैन्य कमाण्डरहरुको वैठक आजवाट सुरु हुंदैछ । सीमा विवादलाई हल गर्न अहिलेसम्म १२ पटक वैठक बसेपनि ठोस समाधान निस्केको छैन् । यसअघि लोकल कमाण्डर,डेलिकेशन तह र उच्च तहका कमाण्डरबीच पटक पटक वार्ता भएपनि समाधान निस्कन सकेको थिएन् ।

वैठकअघि शुक्रवार दुवै देशका विदेशमन्त्रालयका सहसचिव स्तरीय वैठक भएको छ । छलफलमा दुवै देशका विदेशमन्त्रालयका अधिकारीहरुले एक अर्काको भावनाको सम्मान गर्दै विवादको समाधान गर्नेमा जोड दिएका थिए । भिडियो कन्र्फेन्समार्फत भएको छलफलमा भारतको तर्फबाट पुर्वी एसिया विभागका प्रमुख नभिन श्रीवास्तव र चीनको तर्फबाट एसिया डिपार्टमाण्टका प्रमुख वु जियांगहाओ सहभागी थिए ।

दुवै देशका अधिकारीको छलफलपछि जारी विज्ञप्तीमा भनिएको छ ‘दुवै पक्षले यसमा सहमति जनाएका छन् कि नेतृत्वको तर्फबाट गरेको निर्देशनको आधारमा मतभेदलाई शान्तिपूर्वक वार्ताद्धारा हल गर्नुपर्छ । एक दोस्रोको भावनाको संवेदनशिलता, चिन्ता र आकांक्षाको सम्मान र मतभेदलाई विवाद वन्न दिनुहुर्दैन् । ’

छलफलमा कोभिड १९ महामारीको कारण पैदा भएको चुनौतीबारे पनि छलफल भएको छ । त्यसका साथै विभिन्न बहुपक्षीय मंचमा एक अर्कालाई सहयोग गर्ने सम्भावनाबारे समेत छलफलमा चर्चा भएको छ ।

शनिवारवाट हुने वैठकमा भारतिय सेनाको तर्फबाट लेफिनेण्ट जनरल हरिंदर सिंह तथा चीनको तर्फबाट मेजर जनरल लियुले वास्तविक नियन्त्रण रेखाको विवाद समाधान उपाय खोज्नेछन् । भारत चीन सीमा क्षेत्र नजिक रहेको चुसुल मोल्डोमा हुने वैठकको दुवै देशका साथै दुनियांको ध्यान केन्द्रित भएको छ ।

वैठकमा गलवान, पैंगोग त्सो र गोगराक्षेत्रमा भएको विवादबारे छलफल हुने एजेण्डा छन् । त्यसमध्ये सवैभन्दा महत्वपूर्ण मुद्दा पैंगोग त्सो रहेको छ । भारतले त्यस क्षेत्रमा चीनले संरचना निर्माण गरेको आरोप लगाउंदै आएको छ ।

भारतिय पक्षले पैंगोग त्सो,गलवान घांटी र देमचोकमा तनाव कमगर्नको लागी विशिष्ट प्रस्ताव राख्न सक्ने स्रोतको दावी छ । पुर्वी लद्दाखका तीन क्षेत्रमा एक महिनावीच दुवै पक्षवीच तनाव जारी छ । पैंगोग त्सो मा चिनियां सेना फिंगर ४ मा आएको भारतले आरोप लगाउंदै आएको छ । ५ मे मा दुवै देशवीच यहां झड्प समेत भएको थियो ।

चीनले सीमा विवाद बढीरहेका वेला वेस्र्टन थ्रेटर कमाण्डका कमाण्डर परिवर्तन गरेको छ । दुवै देशका सैनिक अधिकारीहरुवीच हुन लागेको वार्ताअघि चीनले जनरल शू क्वुलिंगलाई सीमा बलको नयां कमाण्डरमा नियुक्त गरेको छ ।

चीनले पछिल्लो समय सीमा क्षेत्रमा २५ हजारभन्दा बढी सेना परिचालन गरेको छ । त्यसका साथै पैगांग त्सो, गलवान घांटी र डेमचोकमा चीनले आक्रमक तरिकावाट सेना परिचानल गरेपछि भारत झस्केको हो । दुवै देशबीच ३४ सय ८८ किलोमिटर लामो सीमा रहेको भारतको दावी छ भने चीलने २ हजार किलोमिटर सीमारेखा मात्र रहेको बताउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement