एजेन्सी – कोरोना संक्रमणका कारण भारतमा एक जना मन्त्रीको निधन भएको छ । उत्तर प्रदेशकी प्राविधिक शिक्षा मन्त्री कमला रानी वरुणको कोरोनाका कारण निधन भएको हो ।
उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री रानीको निधनमा गहिरो शोक व्यक्त गर्दै अयोध्या भ्रमणको कार्यक्रम रद्द गरेका छन् ।
कमला रानी यूपी सरकारमा प्राविधिक शिक्षामन्त्री थिइन । २०१७ मा, बीजेपीले उनलाई कानपुरको घाटमपुर सीटबाट उम्मेदवार बनाएको थियो ।
उनी उक्त सीट जित्ने पार्टीको पहिलो विधायक थिइन । गत वर्ष उनलाई राज्यको मन्त्रिपरिषद्मा मन्त्री बनाइएको थियो ।




प्रतिक्रिया