भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – विश्वका अन्य मुलुकको तुलनामा ढिलो सुरुवात भएपनि भारतमा महामारीका रूपमा फैलिएको कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय नाघेको छ ।

भारतमा ३ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको बीबीसीले जनाएको छ ।

भारतमा संक्रमितको संख्या नौ हजार एक सय ५२ पुगेको छ । यसमध्ये ८ सय ५७ जना उपचारपछि घर फर्किएका छन् । सात हजार नौ सय ८७ जना संक्रमितको उपचार भइरहेको छ ।

कोराना भाइरसबाट भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ । महाराष्ट्रमा १९ सय ८५ संक्रमित देखिएका छन् भने १ सय ४९ जनाको मृत्यु भइसकेको छ ।