भारतमा कोरोना भ्याक्सिन लगाएका मानिसमा देखियो यस्तो ‘साइड इफेक्ट’


एजेन्सी – भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउनेमध्ये केहीमा इन्फेक्सन देखिएको छ । गत जनवरी १६ बाट भ्याक्सिन लगाउन थालिए पनि केही क्षेत्रहरुमा यसको साइड इफेक्ट देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै गत दुई दिनमा ४४७ जनामा साइड इफेक्ट देखिएको बताएको छ । स्वास्थ्य सचिव डा. मनोहर अग्निनीले यसको प्रतिकूल प्रभाव अधिकांश अवस्थामा न्यून तहको रहेको बताएका छन् ।

यदि कसैलाई खोप लगाएपछि अस्पतालमा भर्ना गर्नु पर्ने हुन्छ, यो गम्भीर एडवर्स इभेन्ट फलोइङ इम्युनाइजेशन (एएफआई)मा रेकर्ड गरिएको छ । उनकाअनुसार मानिसहरु अस्पताल भर्ना भएको तीन वटा मात्रै घटना रहेको बताए ।

उनका अनुसार यी मध्ये एउटा अवस्थामा उत्तरी रेल्वे अस्पतालमा भर्ना भएकाहरुलाई २४ घण्टा भित्र डिस्चार्ज गरिएको छ । उहि समयमा अर्को बिरामीलाई पनि एम्स दिल्लीबाट डिस्चार्ज गरिएको छ । जबकि तेस्रो बिरामीहरू एम्स ऋषिकेशमा छन् र तिनीहरूको अवस्था पनि सुधारोन्मुख रहेको बताइएको छ ।

उनले भ्याक्सिन लगाएका मानिसहरूले हल्का ज्वरो, टाउको दुख्ने र मात लाग्ने गुनासो गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement