भारतले आउँदो शनिबारदेखि कोरोनाविरुद्धको खोप लगाउने


काठमाण्डु – भारतले जनवरी १६ अर्थात आउँदो शनिबारबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्च सरकारी अधिकारीसहितको बैठकले जनवरी १६ अर्थात् आउँदो शनिबारदेखि खोप अभियान सुरु गर्ने निर्णय गरेको हो ।

भारतले यसअघि नै आउँदो जुलाईसम्ममा ३० करोड मानिसलाई खोप लगाउने घोषणा गरिसकेको छ । शनिबारदेखि सुरु हुने पहिलो चरणको खोप देशभरि निःशुल्क उपलब्ध गराउने बीबीसीले जनाएको छ ।

भारतले पहिलो चरणमा कोरोनाविरुद्धको अभियानमा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई र त्यसपछि ५० वर्षभन्दा बढी उमेरका र जटिल स्वास्थ्य भएकाहरुलाई खोप लगाउने योजना बनाएको छ ।

बैठकमा खोप अभियानका लागि गरिएको पूर्व तयारीको समेत समिक्षा भएको बीबीसीले जनाएको छ । भारत सरकारले स्वदेशमै उत्पादन भइरहेको कोभिडशिल्ड र कोभ्याक्सिन खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement