भारतमा कोरोनाको भ्याक्सिन लगाउन सुरु, ५२ जनामा देखियो साइडइफेक्ट


एजेन्सी –भारतमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । भारतमा कोरोना खोप अभियान अन्तर्गत पहिलो दिनमा एक लाख ९१ हजार भन्दा बढी मानिसहरूले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार खोप अभियान पहिलो दिनमा ३३५१ भागमा विभाजन गरेर खोप लगाइएको छ । जसमा दुबै कोभ्याक्सिन र कोभिसिल्ड खोपहरू प्रयोग गरिएको थियो ।

भारतीय खोप अभियानलाई विश्वको सबैभन्दा ठूलो खोप अभियानको रुपमा लिइएको छ ।

मन्त्रालयकाअनुसार खोप लगाए पछि कोही पनि मानिस अस्पताल भर्ना हुनुपरेको छैन् । तथापि, दिल्लीमा कोरोना खोप लगाएपछि केही व्यक्तिलाई एलर्जीको लक्षण देखा परेको छ ।

मिडिया रिपोर्ट अनुसार यी व्यक्तिहरुलाई स्थानीय प्रशासनद्वारा निगरानीमा राखिएको छ । खोप अभियानको पहिलो दिन केही प्राविधिक समस्याहरू भएको अधिकारीहरुले जनाएका छन् । सरकारको योजना अनुसार कोरोना खोप पहिले सफाई कर्मचारी, डाक्टर र नर्सहरुलाई दिइएको छ ।

खोप लगाएका मध्य ५२ जनालाई साइडइफेक्ट देखिएको बताइएको छ । एम्सका अधिकारीहरूका अनुसार अस्पतालका सुरक्षा गार्डले एलर्जीको प्रतिक्रिया दिएका छन् । उनलाई अस्पतालमा डाक्टरको निगरानीमा राखिएको छ । त्यस्तै अन्य बालबालिकामा पनि साइडइफेक्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement