भारतीय रक्षा सचिवलाई कोरोना संक्रमण


नयाँ दिल्ली – भारतीय रक्षा सचिव कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कर्मचारीतन्त्रमा सबैभन्दा उच्च अधिकारीमध्ये एक मानिने रक्षा सचिव अजय कुमारको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । योसँगै भारतीय रक्षा मन्त्रालय रहेको साउथ ब्लकमा ठूलो खैलाबैला मच्चिएको छ ।

नवभारत टाइम्सको समाचार अनुसार, सचिवलाई कोरोना देखिएपछि रक्षामन्त्री राजनाथ सिंहसहित कैयन् उच्च अधिकारी बुधबारका दिन मन्त्रालय गएनन् ।

रक्षा सचिवमा कोरोना देखिएपछि उनको कन्ट्याक्ट ट्रेसिङ शुरु भएको छ भने साउथ ब्लकलाई सेनिटाइज गरिएको छ ।

समाचार अनुसार, विगत केही दिनय यता ३० जना मानिस उनको सम्पर्कमा आएका थिए । यी सबैलाई होम क्वारेन्टाइनमा रहन भनिएको छ ।

रक्षा सचिव हालैमात्रै रक्षा मन्त्रीका सबै भिडियो बैठकमा सहभागी भएका थिए । उनको कार्यालय साउथ ब्लकको पहिलो तलामा मन्त्रीको कक्षसँगै रहको छ । यही तलामा सेना र नेभी प्रमुखका कार्यालय पनि छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement