भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित


काठमाडाैं-  भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना संक्रमित भेटिएका हुन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख १८ हजार ४४७ पुगेको छ ।त्यसैगरी भारतमा विगत २४ घण्टामा १४८ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ५८३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।-एएनआई

प्रतिक्रिया दिनुहोस
Advertisement