भारतले थाल्यो बालबालिकामा कोरोना भाइरसविरुद्धको खोप परीक्षण

भारतले थाल्यो बालबालिकामा कोरोना भाइरसविरुद्धको खोप परीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतले कोभिड–१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि क्लिनिकल परीक्षण शुरू गरेको छ ।

नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरूद्धको कोभाक्सिन खोप बालबालिकाको प्रयोगका लागि क्लिनिकल परीक्षणको शुरू गरेको हो ।

परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकाहरूबीच सुरु गरिएको हो । ‘आज कोभाक्सिन खोपको बालबालिकामा प्रयोगका लागि क्लिनिकल परीक्षण अभियान शुरू भएको छ,’ एम्सका एक अधिकारीले बताए, ‘परीक्षणमा सहभागीहरूको रिपोर्ट प्राप्त भएपछि बालबालिकालाई यो खोप दिन उपयुक्त मानिएमा खोप दिइनेछ ।’

भारतको औषधि नियामक संस्थाले गत महिना दुईदेखि १८ वर्ष उमेर समूहमा कोभाक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणहरू गर्न अनुमति प्रदान गरेको थियो ।