अमेरिका-ईरान युद्धविरामको ‘क्रेडिट’ पाकिस्तानलाई, भारत हेरेको हेर्‍यै !

अमेरिका-ईरान युद्धविरामको ‘क्रेडिट’ पाकिस्तानलाई, भारत हेरेको हेर्‍यै !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ईरानसँग अमेरिका–इजरायलको युद्धमा दुई हप्ते युद्धविराम भएको छ । यो युद्धविराम पाकिस्तानको पहलमा भएको हो ।युद्धविरामको भारतले स्वागत गरेको छ तर भारतले पाकिस्तानको नाम नलिएरै युद्धविरामको स्वागत गरेको हो ।

‘हामी युद्धविरामको निर्णयको स्वागत गर्छौं । हामी आशा गर्छौं कि यसले पश्चिम एसियामा दीर्घकालीन शान्ति स्थापना गर्न मद्दत पुर्‍याउनेछ । जस्तो कि हामीले पहिले पनि भनिसकेका छौं, वर्तमान युद्धलाई अन्त्य गर्न युद्धविराम, संवाद र कूटनीति आवश्यक छ’, बुधबार भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पाकिस्तानको बढ्दो कद र अन्तर्राष्ट्रिय प्रतिक्रिया

बेलायत र यूरोपेली संघसहित विश्वका विभिन्न नेताहरूले युद्धविरामका लागि पाकिस्तानले गरेको मध्यस्थता प्रयासको प्रशंसा गरेका छन् । तर भारतको विदेश मन्त्रालयले इस्लामाबादमा ईरान र अमेरिकाबीच सम्भावित वार्ता सम्बन्धी चुप्पी कायम राखेको छ ।

यूरोपीय संघ आयोगकी अध्यक्ष उर्सुला भोन डर लेनले मध्यस्थताका लागि पाकिस्तानलाई धन्यवाद दिएकी छन् ।

यता पाकिस्तानले युद्धविरामको प्रशंसा बटुलिरहँदा भारतका विपक्षी दलहरूले अन्तर्राष्ट्रिय कूटनीतिमा आफ्नै देशको सरकारप्रति प्रश्न उठाएका छन् ।

विपक्षी कांग्रेस नेता राशिद अल्वीले भने, ‘पाकिस्तानले जुन काम ग¥यो, त्यो भारतले गर्नु पथ्र्यो । तर जब प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायललाई ‘फादरल्यान्ड’ भन्छन्, तब उनी युद्धविरामको चर्चा कसरी गर्न सक्छन् ?’

ईरान युद्धमा पाकिस्तानलाई भारतसँग तुलना गर्दा कूटनीतिक लाभ मिलेको छ कि छैन भन्ने विषयमा विपक्षी दलमा आम राय छ तर विश्लेषक र पत्रकारहरूको राय मिश्रित छ ।

अन्तर्राष्ट्रिय मामिलाका जानकार हर्षपन्तले यसलाई ‘सर्ट टर्म कूटनीति’ भन्छन् । उनले भने, ‘यस संघर्षमा पाकिस्तानले सन्देश आदान–प्रदानको भूमिका निर्वाह गरेको छ । यसमा उसको आफ्नै पहिचान वा निर्णय प्रभाव पार्ने भूमिका जस्तो मध्यस्थले गर्ने गर्छ, त्यस्तो देखिँदैन । अहिलेको मध्यस्थताको अन्तिम परिणाम के हुन्छ भन्ने अझै स्पष्ट छैन । तर यो पक्का छ कि पाकिस्तानले दुई देशबीच सन्देश आदान–प्रदानको माध्यम बनेर युद्धविराम सम्भव पार्न प्रयास गरेको छ । तर यसबाट बढी केहि परिणाम देखिँदैन ।’

उनले ‘अपरेशन सिन्दुर’को समयदेखि नै पाकिस्तानले अमेरिका नजिक जाने प्रयास गरिरहेको बताए । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनका लागि पैरवी गरेको स्मरण गर्दै उनले भने, ‘जब आसिम मुनीर अमेरिका गए, त्यतिबेला पाकिस्तानले रेयर अर्थ मिनरल्स बेच्ने कुरा गरेको थियो । वर्तमान मध्यस्थता यही सन्दर्भमा हेर्नुपर्छ ।’

‘जहाँसम्म भारतको कुरा छ, उसका वैश्विक हित बिल्कुलै फरक छन् । त्यसैले पाकिस्तान के गर्दैछ, त्यससँग भारतको तुलना गर्नु उपयुक्त होइन । यदि भारतसँग यो क्षमता हुन्थ्यो भने पहल लिनु अर्थ राख्थ्यो । तर भारत जस्तो शक्तिका लागि चिट्ठी एक ठाउँबाट अर्को ठाउँ पठाउने काम शोभनीय हुँदैन । र, सम्भवतः उसले त्यो गर्दैन’ हर्षपन्तले भने ।

पाकिस्तानले यस्तै भूमिका पहिले पनि निर्वाह गरेको थियो । शीत युद्धको समयमा १९७० मा उसले रसिया र अमेरिकाबीच मध्यस्थता गरेको थियो । अमेरिकी विदेश नीतिमा महत्व पाउन पाकिस्तानले यसरी काम गर्दै आएको र सफल पनि भएको छ ।

विदेश नीति सम्बन्धी सवाल

प्रमुख विपक्षी कांग्रेसले पनि प्रधानमन्त्री मोदीको नेतृत्वमा प्रश्न उठाएको छ ।कांग्रेस नेता जयराम रमेशले ट्विटरमा लेखेका छन्, ‘पाकिस्तानले जुन भूमिका निर्वाह गरेर युद्धविराम गराएको छ, त्यसले मोदीजीको व्यक्तिगत शैलीको कूटनीतिमा ठूलो झटका दिएको छ ।’

२८ फेब्रुअरीमा ईरान सरकारको शीर्ष नेतृत्वमा लक्षित हत्याबाट सुरु भएको घटनाहरू प्रधानमन्त्री मोदीको चर्चित इजरायल भ्रमणको दुई दिनपछि भयो । यसले भारतको विश्वव्यापी साख र प्रतिष्ठामा कमी ल्यायो’ रमेशले लेखका छन् ।

भारतीय कांग्रेसले भाजपाको गलत नीतिका कारण पाकिस्तानले युद्धरत पक्षबीच मध्यस्थता गर्ने मौका पाएको टीप्पणी गर्दै यतिबेला भारत राम्रो मध्यस्थको रूपमा हुनु पर्ने बताएका छ ।

भारतकी पूर्व विदेश सचिव निरूपमा मेनन राव भन्छिन्, ‘पाकिस्तानको भूमिका मध्यस्थको रूपमा होइन, तर सन्देश पु¥याउने, समयसीमा बढाउने र सानो कूटनीतिक च्यानल खोल्ने माध्यमको रूपमा देखा परेको छ ।’

उनले यो पारंपरिक अर्थमा मध्यस्थता नभएके तर यसको महत्व कम गरेर हेर्नु नहुने बताउँछिन् । उनका अनुसार पाकिस्तानको सफल वार्ता प्रमाण हो कि उसले अमेरिका, ईरान मात्र होइन, चीनको पनि भरोसा पाएको छ । मोदी पाकिस्तानलाई वैश्विक स्तरमा अलग गर्न चाहन्थे, तर उल्टो भारत आफैं फसेका छन् ।

अन्तर्राष्ट्रिय राजनीतिक विशेषज्ञहरू यस युद्धमा भारतले धेरै संयम देखाएको बताउँछन् । बीबीसी हिन्दीका सम्पादक नितिन श्रीवास्तव भन्छन्, ‘जब ईरान र अमेरिका–इजरायलबीच युद्ध सुरु भयो, त्यतिबेला भारतको कूटनीति संवेदनशील अवस्थामा थियो । भारत लामो समयदेखि अमेरिकासँग ट्यारिफ वार्तामा थियो’, उनले भने, ‘पहिला ट्यारिफ २५ प्रतिशत थियो, त्यसपछि रूसबाट तेल लिन २५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाइयो । ईरान युद्धको समयमा भारत अमेरिकासँग ठूलो ट्रेड डीलको बीचमा थियो ।’

ईरानका सुप्रीम लिडर आयतुल्लाह खामेनेईको मृत्यु भएको केही दिनमा भारतका प्रतिनिधिले दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गरेका थिए । भारतले शुरूदेखि नै युद्ध रोक्नुपर्ने भन्दै आएको छ, तर यस युद्धमा अधिक भूमिका निर्वाह गरेको छैन ।
दक्षिण एशियामा भारतलाई जिम्मेवार शक्ति देखिएको कारण पनि संयमित रणनीति अपनाइएको विश्लेषकहरूको भनाइ छ ।