एजेन्सी – भारतमा यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा छ वर्षपछि पहिलो पटक सामान्य आर्थिक वृद्धिदर देखिएको सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार यस वर्षको पहिलो त्रैमासिकमा आर्थिक वृद्धि दर ४.७ प्रतिशत कायम भएको देखिएको छ ।
एसियाको तेस्रो ठुलो अर्थतन्त्र भारतमा लगानी खुम्चिँदा औद्योगिक उत्पादनमा कमी आउनुका साथै वेरोजगारी दरमा चार दशक यताकै उच्च अवस्थाको सामना गर्नुपरेको थियो । तर हालै सार्वजनिक तथ्यांकमा सन् २०१९ को पहिलो त्रैमासमा १.२ प्रतिशतको आर्थिक वृद्धि भएको देखिएको छ । यो निरन्तरका सात त्रैमासपछिको पहिलो सुधारको संकेत हो । निम्न आर्थिक वृद्धिका कारण भारतीय अर्थतन्त्रमा सन् २०१४ पछि कुल ग्राहस्थ उत्पादन खराब रहँदै आएको थियो ।
अर्थशास्त्रीहरूका अनुसार भारतले प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने लाखौँ व्यक्तिलाई रोजगारी दिनुपर्ने अवस्था रहेकाले मुद्रा स्फुति दर भने सात प्रतिशतभन्दा निकै तल रहेको छ । भारतको वार्षिक आर्थिक वृद्धिदर सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि गत वर्ष सबैभन्दा निम्न अर्थात् पाँच प्रतिशतमा झरेको थियो ।
“यो ठुलो संख्या होइन तर विश्वको सबैभन्दा खराब अवस्था हामीभन्दा निकै पछाडि छ र भारतले सुधारमा ढिलो रफ्तार देखाइरहेको छ,” मुम्बईका आनन्द राठी सेक्युरिटिजका अर्थशास्त्री सुजन हजराले बताए ।
पछिल्लो त्रैमासिक तथ्यांकले गत डिसेम्बरमा चीनमा सुरू भएको नयाँ कोरोनाभाइरस महामारीको अन्तर्राष्ट्रिय प्रसारको समयावधिलाई समेटेको छ । यसको प्रकोपले भारत र विश्वभरिको आफुर्तिको श्रृंखलामा प्रभावित गरेको छ र अन्तर्राष्ट्रिय बजारहरूलाई अनियन्त्रित गिरावटतर्फ धकेलेको छ । “निजी उपभोग बढेकोले स’धारकाका केही संकेतहरू देख्न सकिन्छ तर विश्वव्यापी कोरोनाभाइरसको संक्रमणले भारतीय अर्थतन्त्रको अर्को त्रैमासिकमा अझ बढी च’नौती खडा गरेको छ,” हजाराले बताए ।




प्रतिक्रिया