भारतमा बाढीबाट १८ जिल्ला प्रभावित, ३२ जनाको मृत्यु

भारतमा बाढीबाट १८ जिल्ला प्रभावित, ३२ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उत्तरी भारतमा लगातार २४ घण्टाको बाढीका कारण गएको पहिरोका कारण ३२ जनाको मृत्यु भएको छ।

आसाम, मेघालय, नागाल्यान्ड, मिजोरोम र अरुणाञ्चल बाढीका कारण प्रभावित छन्। आसाममा ९ जनाको मृत्यु भएको छ।

त्यहाँको प्रशासनले १८ जिल्ला बाढीले प्रभावित भएको जनाएको छ। पहाडी जिल्लाका धेरै स्थान जोखिममा रहेको बताउँदै सतर्कता अपनाउन भनिएको छ।

गुहाजटप र तेजपुरमा अहिलेसम्मकै धेरै पानी परेको छ। अरुणाञ्चलमा कार पहिरोमा चिप्लिएपछि दुई परिवारका गरेर सात जनाको मृत्यु भएको छ। मेघालयमा ३ बालबालिका सहित ७ जनाको ज्यान गएको छ। संसारकै सबै भन्दा धेरै पानी चेरापुन्जीमा लगातार वर्षा भइरहेको छ।

नागाल्यान्डमा बाटोमा ढुङ्गा खस्दा यात्रामा रहेका एक युवाको ज्यान गएको छ। मिजोरोममा पनि २४ घण्टाको अन्तरालमा सात जनाको ज्यान गएको छ।