एजेन्सी – बिहार र यूपीमा गंगा नदीमा ठूलो संख्यामा गाडिएका लाशहरू फेला परेका छन् । कानपुर, उन्नाव र फतेहपुरमा सयौं शव फेला परेपछि स्थानीयले विरोध जनाएका छन् ।
प्रशासनले कतिपयले मानिसको परम्पराका आधारमा शव गाड्ने बताएको छ । स्थानीयले भने घाटमा दाहसंस्कार महँगो गर्ने र भीड बढी भएका कारण मानिसहरुलाई बालुवामा गाडिएको आरोप लगाएका छन् ।
बुधवार गंगा नदीको किनारमा केही घाटहरूमा ठूलो संख्यामा काग र चीलहरू घुमेको देखिएपछि स्थानीय सशंकित बनेका थिए । उनीहरुले नजिकै गएर हेर्दा भयावह अवस्था देखेको बीबीसीले जनाएको छ ।
धेरै शव गंगा नदीको किनारमा बालुवामा गाडिएको अवस्थामा फेला परेको छन् भन केही शव बालुवाबाट बाहिर निस्किएका थिए । जसलाई कुकुर र गिद्धहरुले खाइरहेका थिए । केही शवहरू अत्यन्त विकृत अवस्थामा फेला परेका थिए किनकि तिनीहरूलाई बालुवामा गहिरो गरी पुरिएको थिएन ।
स्थानीय अधिकारीहरुले ठूलो संख्यामा लाशहरू देखापर्नु गम्भीर भएको भन्दै छानबिनका लागि निर्देशन दिएको बताएका छन् । उनीहरुले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका मानिसहरुको शव भएको आशंका गरेका छन् ।




प्रतिक्रिया