भारतले दियो नेपाललाई २०० गाडी उपहार

भारतले दियो नेपाललाई २०० गाडी उपहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले नेपाललाई २00 वटा सवारीसाधन उपहारस्वरूप उपलब्ध गराएको छ ।  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन उपहारस्वरुप उपलब्ध गराएकाे हाे ।

भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्। अर्थमन्त्री शर्माले यी सवारीसाधन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिएका छन्। सो सवारी साधन नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका हुन्।

भारतीय दूतावासका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहार दिएको छ।