नेपालमा पनि मनाइयो भारतको ७९ औँ स्वतन्त्रता दिवस (तस्बिरसहित)

नेपालमा पनि मनाइयो भारतको ७९ औँ स्वतन्त्रता दिवस (तस्बिरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड – काठमाण्डुस्थित भारतीय दूतावासले भारतको ७९ औँ स्वतन्त्रता दिवस मनाएको छ। त्यस अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय झन्डा फहराएका थिए ।

त्यसपछि भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रका नाममा गरेकी सम्बोधन प्रस्तुत गरिएको थियो । जसमा विगत ७८ वर्षमा भारतले गरेका उल्लेखनीय प्रगतिहरूको चर्चा थियो।

सोही अवसरमा राजदूतले भारतीय सशस्त्र बलका दिवङ्गत सदस्यका पत्नी तथा निकटतम नातेदारलाई सम्मान गर्दै कुल ६.४ करोड नेपाली रुपैयाँको आर्मी ग्रुप इन्स्योरेन्स फन्डको चेक हस्तान्तरण गरेका थिए ।

दूतावासले नेपालका सातै प्रदेशका २१ जिल्लामा रहेका ३९ शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान दिने घोषणा पनि गरेको छ। यस पहलले विशेष गरी दुर्गम क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्रीमा पहुँच वृद्धि गर्ने लक्ष्य राखेको दूतावासले जानकारी दिएको छ।