काठमाडौं – भारतमा आजदेखि जनता कर्फ्यू शुरू भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशवासीसँग ‘जनता कर्फ्यू’ का दिन बिहान ७ बजेदेखि राती ९ बजेसम्म घरबाट बाहिर ननिस्कन अपिल गरेका छन् । जनता कर्फ्यूको समयमा अत्यावश्यक बाहेकको काममा घरबाहिर नजान समेत आह्वान गरिएको छ ।
प्रधानमन्त्री मोदीले भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै सबै जनालाई घरमै रहन अपिल गरेका थिए । गएको शुक्रबारको भाषणमा उनले भनेका थिए, ‘आइतबार अर्थात् २२ मार्च तारिखमा बिहान ७ बजेदेखि ९ बजेसम्म सबै नागरिकहरुले जनता कर्फ्युलाई पालना गर्नुपर्छ । आवश्यक पर्दा मात्र घरबाहिर निस्कने गरौँ ।’ यद्यपि औषधिजन्य र आवश्यक सामान बेच्ने पसलहरु पनि खुला रहनेछन् ।
भीडलाई जम्मा हुनबाट रोक्नका लागि थुप्रै ठूला मन्दिर पहिले नै बन्द भइसकेका छन् । आइतबार पनि भारत सबै मन्दिरमा मानिसहरुलाई रोक लगाइएको छ । गोवाको आर्क्बिशप फिलिप नेरी फेराओले सबै चर्चमा ‘सन्डे प्रेयर’ पनि रद्द गरेको छ । दिल्लीको पनि पहाडगञ्जस्थित सेन्ट पिटर्स मार थोमस सिरियन चर्च र सेन्ट्रल दिल्लीस्थित क्याथेड्रल चर्चमा पनि सन्डे प्रेयर हुनेछैन । जम्मू–कश्मीर वक्फ बोर्डले पनि आइतबार हुने नमाज रद्द गरेको छ ।
यसैबीच भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ । शनिबार ८३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो ।
Karnataka: No passengers at Majestic bus station in Bengaluru as people observe self-imposed #JantaCurfew to fight #Coronavirus pic.twitter.com/MAMzRWqIf3
— ANI (@ANI) March 22, 2020




प्रतिक्रिया