प्रधानमन्त्री ओलीको अभिव्यक्तिले अर्थ राख्दैन, कालापानी भारतीय भूमि होः मुख्यमन्त्री रावत

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले अर्थ राख्दैन, कालापानी भारतीय भूमि होः मुख्यमन्त्री रावत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाली भूमी कालापानीबाट भारतीय सेना हट्न दिएको अभिव्यक्तिबारे भारतीय नेताहरुले जवाफ फर्काउन थालेका छन् ।

राष्ट्रिय युवा संघको भेलामा प्रधानमन्त्री ओलीले भारतीय सेना कालापानीबाट हटून भनेर दिएको कडा अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकताका साथै प्रकाशित गरेपछि भारतीय नेताहरु पनि जवाफमा उत्रिएका हुन् ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानीलाई भारतीय भूमि बताउँदै यो भारतमै रहने जिकिर गरेका छन् । कालापानी अतिक्रमणबारेमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ फर्काउँदै उनले कालापानी क्षेत्र भारतकै भूमि रहेको बताएका हुन् ।

मुख्यमन्त्री सिंहले भनेका छन्, ‘जुन कुरा नेपालले भनिरहेको छ, त्यो एकदमै चिन्ताजनक कुरा हो । कालापानी भारतको भूभाग हो र यो भारतकै भू–भागका रुपमा रहिरहनेछ ।’

भारतीय पक्षले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित कालापानीक्षेत्र आफ्नै भएकाले यसमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिको कुनै अर्थ नरहेको पनि जिकिर गरेको छ ।

मुख्यमन्त्री सिंहले नेपालका प्रधानमन्त्री केपी ओलीको भनाइबारे आफु जानकार रहेको बताउँदै आफ्नो भूमिबाट सेना हटाउने कुरै नहुने पनि उल्लेख गरेका छन् ।

यसबारेमा थप बोल्दै मुख्यमन्त्रीले वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने पनि उल्लेख गरेका छन् । उनले नेपाल भारतको मित्र राष्ट्र भएकाले वार्ताबाट समस्याको हल गर्नुपर्ने बताए । उनले नेपालको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै भारतमाथि गरिएको विरोध पनि उचित नभएको जिकिर गरे ।