नयाँ दिल्ली – भारतका प्रसिद्ध वकिल तथा पूर्व संघीय मन्त्री राम जेठमलानीको आईतबार बिहान निधन भएको छ । अटल बिहारी बाजपेयीको सरकारमा कानून मन्त्री रहेका जेठमलानीको ९५ वर्षको उमेरमा निधन भएको हो ।
उनले इन्दिरा गान्धी हत्या प्रकरण, डन हाजी मस्तान र हर्षद मेहता प्रकरण जस्ता चर्चित मुद्दामा लडेका थिए । उनी पछि आरजेडीका राज्य सभा सांसद पनि भएका थिए । उनले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीका हत्यारा सतवंत सिंह र केहर सिंहको वकिलको रुपमा काम गरेका थिए ।
१७ वर्षको उमेरमा कानूनको डिग्री लिएका सन् १९५९ मा नानावती केसमा वकालत गरेर आफ्नो पहिचान स्थापित गरेका थिए । उनी क्रिमिनल ल का प्रतिष्ठित वकिल हुन् । उनका दुई छोरी र दुई छोरा छन् । त्यसमध्ये महेश जेठमलानी र रानी जेठमलानी चर्चित वकिल हुन् ।
सन् २०१४ को चुनावअघि जेठमलानीले नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनाउने प्रस्तावको समर्थन गरेका थिए । तर मोदी प्रधानमन्त्री बनेको केही समयपछि नै उनी मोदीका विरोधी बनेका थिए ।




प्रतिक्रिया