सी चिनपिङ आउनुअघि भारतकापूर्व विदेशमन्त्री सलमान खुर्सिद सहित विजेपी नेता काठमाडौंमा

सी चिनपिङ आउनुअघि भारतकापूर्व विदेशमन्त्री सलमान खुर्सिद सहित विजेपी नेता काठमाडौंमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतका पूर्व विदेश मन्त्री एवम् काँग्रेस आइका नेता सलमान खुर्सिद र भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता एवं राज्यसभाका सांसद डा.विजय सोनकर शास्त्री काठमाडौं आएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणको तयारी चलिरहेको बेला भारतीय नेता तथा विभिन्न एजेन्सीका प्रतिनिधिहरुको आवत जावत बाक्लिएको हो । केही दिनअघि मात्र भारतीय जनता पार्टी निकट राष्ट्रिय स्वयं सेवक संघका प्रचार प्रमुख अरुण कुमार नेपाल आएर फर्केका थिए ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको निमन्त्रणमा एक कार्यक्रममा भाग लिन उनीहरु नेपाल आएका हुन् । शस्त्री हिजै नेपाल आएका थिए भने खुर्सिद आज आउँदैछन् । उनीहरु कार्यक्रममा भाग लिन आएपनि यहाँ उनीहरुले उच्चस्तरीय भेटघाट पनि गर्नेछन् ।

शास्त्री हिजैदेखि भेटघाटमा व्यस्त छन् । खुर्सिद नेपाल आएर कार्यक्रममा सहभागी भएर आजै फर्किने कार्यक्रम रहेको छ । खुर्सिद २०७० सालमा दोस्रो संविधानसभा चुनावको मिति तय हुँदा पनि नेपाल आएका थिए ।