काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाली भूमीमा सडक निर्माण गर्न सरकारले भारतलाई स्वीकृति दिएको हो कि भनेर प्रश्न गरेका छन् ।
भारत सरकारले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माण गरेको सम्बन्धमा सरकारले जवाफ दिनुपर्ने लोहनीले माग गरेका छन् । नेपाल सरकारले स्वीकृति नदिएको भए किन यो मौनना किन भनेर उनले आपत्ति जनाएका छन् ।
‘लिपुलेक नेपालको भूमी हो । त्यहाँबाट भारत सरकारले बाटो बनाएको छ । के यसको लागि नेपाल सरकारले स्वकृती दिएको हो ? होइन भने नेपालको भूभागबाट बाटो बनाउँदा यो सरकार किन मौन ?’ शनिबार ट्वीट गर्दै लोहनीले भने ।
नेपालको संप्रभुता रक्षा गर्नु मूल कर्तव्य भनेर भाषण गर्ने सरकारले नेपाली जनतासमक्ष यसबारे स्पस्ट जानकारी गराउनु पर्ने लोहनीको भनाइ छ ।




प्रतिक्रिया