बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, शंका छैनः भारतीय विदेश मन्त्रालय

बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, शंका छैनः भारतीय विदेश मन्त्रालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले गौतम बुद्ध नेपालमा जन्मिएको स्पष्टिकरण दिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई भारतीय भनेर चिनिने बताएपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री जयशंकरको अभिव्यक्ति सच्याउँदै बुद्धको जन्म नेपालमा भएको विषयमा कुनै शंका नरहेको बताएको छ ।

‘हिजो विदेशमन्त्रीको टिप्पणी हाम्रो साझा बुद्धिस्ट सम्पदाको विषयमा थियो’, विज्ञप्तिमा भनिएको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’

र यो पनि

भारतलाई नेपालको जवाफः बुद्धको जन्मबारे अन्तर्राष्ट्रिय समुदाय जानकार छ !