अमेरिकी मध्यस्थतामा भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

अमेरिकी मध्यस्थतामा भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत र पाकिस्तानबीच बढ्दो तनावबीच शनिबार अमेरिकी मध्यस्थतामा युद्धविरामको सहमति भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार युद्धविरामको सहमतिबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

पाकिस्तानी विदेशमन्त्री र भारतीय स्रोतहरूले पनि युद्धविराम भएको पुष्टि गरेका सीएनएनले जनाएको छ । भारत र पाकिस्तानबीच हालै भएको सैन्य द्वन्द्व रोक्ने समझदारी दुवै देशबीचको प्रत्यक्ष छलफलबाट भएको जनाइएको छ ।

पाकिस्तानका डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन्स (डीजीएमओ) ले शनिबार दिउँसो फोनमार्फत भारतसँग सम्पर्क गरेर छलफल गरेपछि युद्धविरामको समझदारी भएको छ । छलफलका लागि अमेरिकी मध्यस्थताले वातावरण बनाएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानले पूर्ण र तत्काल युद्धविराम गर्न सहमति जनाएको बताएका छन् ।