काठमाडौं – भारत र पाकिस्तानबीच न्युयोर्कमा समेत विवाद उत्पन्न भएको छ । नेपालले बोलाएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)कोे सार्क मन्त्रिपरिषद् बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीबीच भनाभन भएको हो ।
सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । भारतिय विदेशमन्त्री एस जयशंकर बोल्ने बेला पाकिस्तानी विदेशमन्त्री शाह मुहमद कुरेसीले वैठक छोडेर हिंडेका थिए । बैठकमा पाकिस्तानका विदेशमन्त्रीले पाकिस्तान सार्क सम्मेलन इश्लामावादमा गराउन तयार रहेको जनाएका थिए ।
इकोनोमिक्स टाइम्सकाअनुसार उनले काश्मीरमा भारतको हस्तक्षेप अन्त्य नभएसम्म भारतसंगको कुनै पनि बैठकमा सहभागी नहुने बताएका थिए । वैठकमा भारतिय विदेशमन्त्री पनि सम्बोधन गरेर पाकिस्तानी मन्त्री कुरेसी नआउंदै हलबाट बाहिरिएका थिए ।
न्युयोर्कस्थित नेपाली स्थायी नियोगको विज्ञप्तीमा भने यसबारेमा केही उल्लेख गरिएको छैन् । वक्तव्यमा दक्षिण एशियाली क्षेत्रको सम्भावना बारेमा बैठकमा चर्चा भएको जनाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले क्षेत्रीय सहयोगको प्रभावकारीतामा जोड दिएका थिए । उनले गरिबी, असमानता, अविकसित अवस्था, जलवायु परिवर्तन, प्राकृतिक विपत्ति जस्ता कुरामा आपसी सहयोगमा उनले जोड दिएका थिए ।
यस्तै व्यापार अभिबृद्धि, लगानी, कनेक्टिभिटी आदिमा जोड पनि सो अवसरमा जोड दिइएको थियो । सो अवसरमा विदेशमन्त्रीहरुले गएका एकवर्षमा सार्कले गरेका गतिविधिबारेमा चर्चा गरेका थिए । उनीहरुले व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृतिका साथै सुरक्षा, शान्ति र स्थिरतामा पनि जोड दिएको जनाइएको छ ।
सार्कमा नेपाल समेत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका सदस्य छन् । अगष्ट ५ मा भारतले संविधानको धारा ३७० खारेज गरेपछि भारत र पाकिस्तानका विदेशमन्त्रीबीच भेटघाट भएको यो पहिलोपटक हो ।
यस्तो छ विज्ञप्ती- Press Release-Important Engagements of the Nepali del




प्रतिक्रिया