परेवाको भारत प्रेमबाट समस्यामा पाकिस्तान !


एजेन्सी – पाकिस्तानको पंजाब प्रान्तमा भारतीय सीमा नजिक रहेका परेवा आफ्नो मूल्य र दुर्लभ प्रजातीका परेवाको धोखाबाट अत्यन्त समस्यामा परेका छन् ।

उनीहरुका यी परेवा तीव्र हावासँगै उडेर भारत जान्छन् र उनीहरुलाई भारत मन परेर हो वा बाटो भुलेर फर्केर पाकिस्तान जादैनन् । यसले यी पाकिस्तानी परेवावाजलाई अत्यन्त नोक्सानी उठाउनु परेको छ । मानिसले बनाएको सीमासँग यी परेवालाई कुनै वास्ता छैन । यसले कैयौ अवस्थामा लाखौ रुपैयाँ पर्ने परेवा गुमाउनु परेको छ ।

एक्सप्रेस न्यूजको रिपोर्ट अनुसार भारतीय सीमाको नजिकका क्षेत्रहरु बाघा, भानुचक, नरोड, लवानवाला तथा अन्य क्षेत्रमा कैयौ यस्ता मानिस छन् जसमा परेवा पाल्ने र परेवाको शिकार गर्ने शोख रहेको छ । आफ्नो यो शोख पुरा गर्नका लागि यी मानिस धेरै मूल्य पर्ने परेवा पनि पाल्ने गर्छन् । यस मध्ये यस्ता परेवा पनि छन्, जसको मूल्य डेढ लाख रुपैयाँ भन्दा पनि बढी पर्छ । यस किसिमका यी परेवाहरु आफ्नो छानाबाट उडाएपछि सीमा पार गरेर भारत जाने गर्छन् । केही फर्केर आउछन्, तर केही फर्केर आउने गर्दैनन् ।

रेहान नामका परेवावाजले भनेका छन्,“मसँग सयौ परेवा छन् जसमध्ये केहीको मूल्य डेड लाख रुपैयाँसम्म रहेको छ । म यिनीहरुलाई छोराछोरी जस्तै गरेर पाल्छु । तर थोरैको दुरीमा आफ्नै अगाडिबाट यी परेवाहरु सीमा पार गरेर गएपछि फर्केर नआउदा मलाई दुःख लाग्ने गरेको छ ।”

तर केही भारतीय परेवाहरु पनि आफ्नो छानामा आएर बस्ने र फर्केर जाने नगरेको पाकिस्तानी परेवावाजले बताएका छन् । उनीहरु ती परेवालाई भारत पठाउनका लागि उडाउछन्, तर पुनः फर्केर आफ्नै छानामा आउने गरेको बताउछन् । उनीहरुको कुनै मालिक नभएकाले उनीहरुले यी परेवालाई आफ्नै घरमा राख्ने गरेका छन् । परेवा पाल्नमा शोेख राख्दै आएका मोहम्मद इरफानले भने,“सामान्य खालको परेवा गयो भने त ठिकै छ, तर महँगो परेवा गएर फर्केन भने दुःख लाग्छ ।”

परेवा चिन्ननका लागि खुट्टामा विशेष खालको निशान लगाइन्छ । तर, अर्को मुलुक गएपछि कम मात्रै फर्केर आउदा दुःख लाग्ने गरेको उनले बताए । एक्सप्रेस न्यूजको रिपोर्ट अनुसार पाकिस्तानबाट जाने यी परेवालाई भारतमा जासुस ठानिन्छ । पाकिस्तानी परेवा किसानले पहिचानका लागि आफ्नो परेवाको खुट्टामा उर्दुमा लेखिएको हुन्छ । यसलाई भारतमा कुनै जासुशी सन्देश ठानिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement