च्याम्पियन्स ट्रफीमा आज भारत र पाकिस्तान खेल्दै

च्याम्पियन्स ट्रफीमा आज भारत र पाकिस्तान खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तानबीचको खेल हुँदैछ ।

समूह ‘ए’ मा रहेको भारत र पाकिस्तानबीचको खेल दुबईमा २.४५ बजे सुरु हुनेछ । भारतले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने उद्घाटन खेलमा घरेलु टोली पाकिस्तान न्यूजिल्याण्डसँग पराजित भएको थियो ।

च्याम्पियन्स ट्रफीमा पाकिस्तान, भारत, बङ्गलादेश तथा न्यूजिल्याण्ड समूह ‘ए’ मा छन् । अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।

च्याम्पियन्स ट्रफी क्रिकेटमा गएराति भएको खेलमा अस्ट्रेलियाले इङ्गल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको छ । समूह ‘बी’ मा भएको खेलमा अस्ट्रेलिया पाँच विकेटले विजयी भयो ।

पाकिस्तानको लाहोरमा भएको खेलमा ३५२ रनको लक्ष्य अस्ट्रेलियाले ४७ ओभर तीन बलमा पाँच विकेट गुमाएर भेट्टायो । उसका जोस इंग्लिसले १२० रन जोडे । एलेक्स केरीले ६९ र माथ्यु शर्टले ६३ रन जोडे । इङ्गल्याण्डका आदिल राशिद, मार्क वुड, बायडेन कार्स, लियम लिभिङ्स्टोन र जोफ्रा आर्चरले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको इङ्गल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५१ रन बनाएको थियो । इङ्गल्याण्डका बेन डकेटले सर्वाधिक १६५ रन जोडे । उनले च्याम्पियन्स ट्रफीको इतिहासमा व्यक्तिगत सर्वाधिक रन बनाए । जो रुटले ६८ रनको अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका बेन ड्वारशुइसले तीन, मार्नुस लाबुशेन र एडम जाम्पाले समान दुई÷दुई विकेट लिए ।