भारतको ३ सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन आक्रमण

भारतको ३ सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारत प्रशासित कश्मीरमा रहेका भारतको तीन सैन्य अखडामा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भएको छ । तर पाकिस्तानले त्यसलाई अस्वीकार गरेको छ।

भारतीय सेनाले जम्मू तथा उधमपुर तथा पन्जाब राज्यको पठानकोटमा रहेका उसका अखडामा पाकिस्तानले गरेको हमला गरेको जनाएको छ र तर उक्त आक्रमणलाई विफल तुल्याइदिएको दाबी गरेको छ ।

बिहीवार साँझ जम्मू नगरमा विस्फोटनका विवरण आएका थिए। त्यतिखेर त्यहाँ बिजुली थिएन।
पाकिस्तानका रक्षामन्त्रीले ती हमलामा आफूहरू जिम्मेवार नभएको बताएका छन्।

‘हामी त्यसलाई अस्वीकार गर्छौँ। हामीले यतिन्जेल केही आक्रमण गरेका छैनौँ,’ रक्षामन्त्री ख्वाजा आसिफले भने, ‘हामी आक्रमण गर्ने अनि त्यो अस्वीकार गर्ने गर्दैनौँ।’

यसअघि भारतले बिहीवार पाकिस्तानका हवाई प्रतिरक्षा प्रणालीमा हमला गरेर नष्ट गरिदिएको बताएको छ। इस्लामावादले बुधवार राति भारतका सैन्य निसानामा प्रहार गर्न खोजेकाले उक्त कारबाही गरिएको भारतले भनेको छ।
पाकिस्तानी सेनाका प्रवक्ताले भारतले प्रहार गरेका ड्रोनलाई ठाउँठाउँमा निस्तेज पारिएको बताएका छन्।

गए राति भारतले थप आक्रमणकारी कार्य गर्दै विभिन्न ठाउँमा ड्रोन पठाएको थियो । ती ठाउँहरू लाहोर, गुजरानवाला, चकवाल, रावलपिन्डी, अटक, बहावलपुर, मियानो, चोर र कराची नजिक थिए।

भारतीय आक्रमणमा लाहोरमा चार सैनिक घाइते भएको र सिन्ध प्रान्तमा एकजना गैर सैनिक मारिएक छन् ।

यसबीच भारतका विदेशमन्त्री एस जय शङ्करले युद्ध भड्काउने कुनै पनि कदमको दृढ प्रतिरोध गरिने चेतावनी दिएका छन्।
भारतले उसका पछिल्ला कारबाही पाकिस्तानले उत्तर तथा पश्चिम भारतमा रहेका उसका सैन्य अखडालाई निसाना बनाउन खोजेपछि गरिएको बताएको छ।

लाहोरको हवाई प्रतिरक्षा प्रणाली नष्ट पारिएको भरपर्दो जानकारी प्राप्त भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

भारत र पाकिस्तानबीच विगत दुई दशकयताकै यो सबभन्दा खराब टकराव भएको बताइएको छ।

अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा आतङ्कवादीहरूले २६ जना पर्यटकहरूको ज्यान लिएपछि भारतले बुधवार आतङ्कवादीहरूको गढमा आक्रमण गरेको हो ।

तर पहलगाम हमलाकरीहरूलाई आफूले सरसहयोग गरेको भन्ने भारतीय दाबीलाई पाकिस्तानले अस्वीकार गरेको छ।
पहलगाम घटना गैरसैनिकहरूविरुद्ध लक्षित वर्षौँ यताकै सबभन्दा खराब आक्रमण हो। त्यसमा मारिनेमा २५ जना भारतीय र १ जना नेपाली पर्यटक थिए।

भारत प्रशासित कश्मीरमा दशकौँदेखि भारतीय शासनका विरुद्ध विद्रोह चलिरहेको छ जसमा हजारौँले ज्यान गुमाएका छन्।

सन् १९४७ मा ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएका भारत र पाकिस्तानका बीच त्यतिबेलादेखि नै कश्मीर एउटा प्रमुख विवादको विषय बन्यो। दुवै देशले सम्पूर्ण कश्मीरी भूभाग आफ्नो दाबी गर्छन् र यसका लागि दुईवटा युद्ध लडिसकेका छन्।