काठमाण्डु- पछिल्ला दिनमा जारी भारत–पाकिस्तान तनावको विषयलाई लिएर अमेरिकी विदेशी मन्त्री मार्को रुबियो र पाकिस्तानी सेना प्रमुख असिम मुनिरबीच फोन वार्ता भएको छ ।
शनिबार भएको कुराकानीमा अमेरिकी विदेशमन्त्री रुबियोले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।
रुबियोले भारत पाकिस्तान द्वन्द्वमा अमेरिकाले मध्यस्थताको सहयोग गर्ने प्रस्ताव गरेका छन्। रुबियोले दुवै पक्षलाई तनाव कम गर्ने उपायहरू खोज्न आग्रह गरेका छन्। उनले फोनमा भने, ‘भविष्यमा हुने द्वन्द्वबाट बच्न रचनात्मक वार्ता सुरु गर्न अमेरिकाको सहयोग गर्न चाहन्छ।’
त्यसअघि अमेरिकी उपराष्ट्रपती जेडी भान्सले भने दुई दक्षिण एसियाली देशबीचको तनावमा अमेरिका संलग्न नहुने प्रतिक्रिया दिएका थिए । उनले फक्स न्युजसँगको अन्तरवार्तामा ‘यो हाम्रो सरकारको विषय नै होइन’ बताएका हुन् । तथापि, दुई देशलाई संयमता अपनाउन अमेरिकाले प्रोत्साहन गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया