काठमाण्डु- पाकिस्तानले गरेको गोलाबारीमा भारतका विभिन्न स्थानमा ५ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
भारतीय सैन्य अधिकारीहरूलाई उदृत समाचारअनुसार मानव बसोबास भएका विभिन्न सहरमा गरिएको मिसाइल तथा ड्रोन आक्रमणमा दुई वर्षीय बच्चासहित पाँचजना मारिएका बताएको छ ।
भारत नियन्त्रित जम्मू र कश्मीरको एक जिल्ला प्रमुख राजकुमार थापासहित अन्य स्थानीय पाकिस्तानी सेनाले पुँछ र जम्मू जिल्लामा गरेको गोलाबारीमा मारिएका छन् ।
पुँछ जिल्लाको कांगा–गल्हुट्टा गाउँमा मोर्टार आक्रमणमा परेर ५५ वर्षीया महिला मारिएकी छन् । जम्मू जिल्लाको आरएस पुरा सेक्टरस्थित बिदिपुर जट्टा गाउँका एक नागरिक पनि मारिएको बताइएको छ ।
समाचार संस्था अल जजिराले यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।
भारतीय वायुसेनाकी विंग कमान्डर व्योमिका सिंह र विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानी मिसाइल आक्रमणले भारतको सैनिक पूर्वाधारमा कुनै पनि क्षति नपुगेको बताएका छन् ।
बीबीसीका अनुसार यसअघि पाकिस्तानले भारतको पञ्जाबमा रहेको सैन्य सुविधाहरूमा प्रहार गरेको र भारतको पंजाबको रहेको ब्रह्मोस मिसाइल भण्डारण केन्द्र नष्ट गरेको दाबी गरेको थियो ।
‘पाकिस्तानले अडामपुरमा भारतीय एस–४०० प्रणाली ध्वस्त, सुरत र सिरसामा वायुक्षेत्रहरूको नष्ट, नगरोटामा ब्रह्मोस स्पेस, डेरांग्यारीमा तोपखाना र चण्डीगढको गोलाबारुद गोदामलगायत अन्य सैनिक क्षेत्रहरूलाई ठूलो क्षति पुगेको दाबी गरेको छ,’ रक्षा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा भारतीय वायुसेनाकी विंग कमान्डर व्योमिका सिंहले भनिन्, ‘पाकिस्तानले सामाजिक संजालमा निरन्तर गलत सूचना प्रवाह गर्ने अभियान चलाएको छ । भारतले पाकिस्तानले प्रवाह गरिरहेका असत्य दाबीहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौँ ।’
यसबीच पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गरेको भारतले बताएको छ। शनिबार पत्रकार सम्मेलनमा कर्नेलकुरेशीले मध्यरातमा पाकिस्तानले सीमामा भारतसँग बदला लिने गरेको कारबाहीका बारेमा जानकारी दिइन्।
उनले भनिन्पा, ‘किस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधि जारी राखेको छ। नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलीबारी भएको छ। श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो। जसमध्ये धेरैजसोलाई विफल पारिएको छ।’
कर्नेल कुरेशीले पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरण र कर्मचारीलाई क्षति पुर्याएको बताइन्।




प्रतिक्रिया