भारत-पाकिस्तान युद्धविराम : कसलाई कति क्षति?

भारत-पाकिस्तान युद्धविराम : कसलाई कति क्षति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ६ र ७ मइको मध्य रातमा भारतले पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरमा अपरेसन सिन्दूर सञ्चालन गर्‍यो ।

त्यस रात भारतीय सेनाले पाकिस्तानमा रहेको ९ वटा ‘आतंकवादी शिविरहरू’मा हमला गरे ।

सैनिक कारबाहीपछि भारतकी कर्नल सोफिया कुरैशीले भनिन्, ‘पाकिस्तानमा विगत ३ दशकदेखि आतंकवादको संरचना तयार गरिरेको छ । त्यसलाई सेनाले ध्वस्त पारेको छ ।’ उता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यसलाई भारतको ‘युद्ध घोषणा’ भन्दै कडा जवाफ दिने आफ्नो अधिकार भएको बताएका थिए ।

४ दिनसम्म आमनेसामने रहेपछि दुबै देश युद्धविराममा सहमत भए । युद्धविरामको जानकारी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैभन्दा पहिले सामाजिक सञ्जालमार्फत दिएका थिए । अब छलफल भइरहेको छ–चार दिनको युद्धमा कसको कति क्षति भयो?

भारत र पाकिस्तानको दाबीहरू

भारतको सैनिक कारबाहीपछि पाकिस्तानका विदेशमन्त्री इसहाक डारले संसदमा पाकिस्तानको एयरफोर्सले भारतका ५ लडाकु विमान खसाले, जसमा तीन रफाल पनि रहेको बताएका थिए ।

पाकिस्तानको अर्को दावी थियो–उनीहरूले सोही रात ७० भन्दा बढी ड्रोन पनि नष्ट पारे । तर, भारतका वायुमार्शल ए.के. भारतीले यी दावीहरूमा स्पष्ट प्रतिक्रिया दिएका छैनन् र रफालको क्षति मानेका छैनन् ।

पाकिस्तानी सेनाले ‘अपरेसन बनयान–उन–मार्सोस’ अन्तर्गत भारतका २६ सैन्य ठेगानाहरूमा हमला गरेको दाबी गरिरहेको छ, जसमा पठानकोट, अम्बाला, उधमपुर, श्रीनगर, बठिण्डा, आदमपुर, अवन्तीपुर, सुरतगढ र सिरसा सामेल छन् ।

पाकिस्तानी सेनाको दावी अनुसार उनका दर्जनौं ड्रोनहरू दिल्लीसहित भारतका मुख्य सहरहरूमा उडिरहेका थिए ।

पाकिस्तानी सेनाका प्रवक्ताले नगरोटामा रहेको ब्रह्मोस मिसाइल भण्डारण स्थल र आदमपुरको रक्षा प्रणालीमा पनि सफल हमला गरिएको दाबी गरेको थियो ।

‘अपरेसन सिन्दूर’ बाट भारतलाई फाइदा

‘अपरेशन सिन्दूर’बाट भारतले यी उपलब्धीहरू भएको दाबी गरेको छ । सरकारको प्रेस सूचना कार्यालयले निम्न बुँदाहरू उल्लेख गरेको छः

– ९ आतङ्कवादी शिविर ध्वस्त

– १०० भन्दा बढी आतंककारी मारिए

– युसुफ अजहर, अब्दुल मलिक रऊफ, मुदस्सिर अहमद जस्ता प्रमुख आतंकवादी कमाण्डरहरूको मृत्यु

– पाकिस्तानका ११ एयरबेसमा एकै अपरेसनमा हमला गर्ने पहिलो देश भारत

– पाकिस्तानको एयरफोर्सको २० प्रतिशत सम्पत्ति नष्ट

– भोलारी एयरबेसमा ठूलो क्षति, स्क्वाड्रन लिडर उस्मान युसुफको मृत्यु

– कश्मीर मुद्दालाई नयाँ तरिकाले परिभाषित

भारत र पाकिस्तानले मिसाइल र ड्रोन प्रयोग गरेका थिए । न्यूयार्क टाइम्सको रिपोर्ट अनुसार हमलाहरू ठूलो थिए, तर दावी गरिएको जस्तो क्षति नभएको देखिन्छ ।

रिपोर्टअ अनुसार भारतले पाकिस्तानका हवाई अड्डा र सैन्य ठेगानाहरूमा स्पष्ट बढ़त बनायो । उदाहरणका लागि कराँची नजिकको भोलारी एयरबेसमा विमान ह्याङ्गरमा ठ्याक्कै हमला गरिएको देखिन्छ ।

पाकिस्तानको नूर खान एयरबेस, रहीम यार खान एयरपोर्ट, र सरगोधा एयरबेसलाई नोक्सान पु¥याएको देखाउने तस्बिरहरू पनि सामेल छन् ।

तर, पाकिस्तानले जुन उधमपुर एयरबेसमा हमला गरेको दावी गरेको थियो, त्यसको १२ मे को स्याटेलाइट तस्बिरमा कुनै क्षति देखिँदैन ।

रक्षा विश्लेषक जोन स्पेन्सर भन्छन्, ‘अपरेसन सिन्दूरले आफ्नो रणनीतिक लक्ष्य प्राप्त गरेको छ ।’ भारतले पाकिस्तानको आतंक संरचना ध्वस्त पारेको र सैन्य प्रभुत्व देखाएको उनको भनाइ छ । ‘अपरेशन सिन्दूर केवल प्रतीकात्मक नभएर निर्णायक शक्ति प्रयोग थियो’, उनले भने ।

विश्लेषकहरूका अनुसार पाकिस्तानको सेना आफ्नो सान बचाउन रक्षा बजेट बढाउन चाहन्छ । भारतको अर्थतन्त्र पाकिस्तानको तुलनामा ११ गुणा ठूलो भएकोले भारत बढी आत्मविश्वासी देखिन्छ । भारतले स्पष्ट सन्देश दिएको छ कि अब स्थिति बद्लिन्छ ।

रणनीतिक विश्लेषक ब्रह्मा चेलानीको भनाइमा भारतले युद्धविराम स्वीकार्दा संयम देखाए पनि दीर्घकालीन परिणाममा असर गर्न सक्छ ।