काठमाण्डु- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आफ्नो तर्फबाट तत्काल हमला गर्न सक्ने बताए पछि यसले दुई देशबीच सम्भावित युद्धको संकेत गरेको छ ।
भारत र पाकिस्तान फेरि एकपटक दोबाटोमा उभिने हुन कि भन्ने संशय हुन थालेको छ ।
जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको दोषी भारतले पाकिस्तानलाई ठहराएको छ भने पाकिस्तानले भारतको दाबी अस्वीकर गर्दै आएको छ ।
यस्तो अवस्थामा प्रश्न उठ्छ कि यी देश कसरी अगाडि बढ्नेछन् र युद्ध नजिक पुगेका छन् कि ?
जम्मू कश्मिरको पहलगाममा २२ अप्रिलमा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तान करिब कबिर युद्ध नजिक आइ पुगेको हो कि भन्ने शंका पनि छ । यो आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कयौँ कदम चाल्ने घोषणा गरेको थियो ।
यसमा सिन्धु जल सन्धि निलम्बन गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्ने कुरा समेटिएको छ। त्यसको प्रतिक्रियामा पाकिस्तानले पनि भारतीय नागरिकहरूको भिसा रद्द गर्यो र शिम्ला सम्झौता निलम्बन गर्यो ।
पाकिस्तानले सिन्धु जलसन्धि निलम्बन गर्ने भारतको निर्णयलाई अझ गम्भीरतापूर्वक लिइरहेको छ । यदि भारतले पानी पूर्णरूपमा रोक्न सफल भयो भने यसले पाकिस्तानको लागि धेरै कठिन परिस्थिति सृजना गर्नसक्छ ।
पाकिस्तानी पत्रकार र विश्लेषकहरू भन्छन्, ‘यदि भारतले पानी आपूर्ति रोक्यो भने यो युद्धको घोषणा हुनेछ ।’
पाकिस्तानले दुई परिस्थितिमा भारतसँग युद्ध सुरु गरेको स्वीकार गर्नेछ । एउटा पानी रोक्यो भने अर्को कराँची बन्दरगाह अवरुद्ध गरेर । पाकिस्तानले यी दुवै परिस्थितिलाई युद्धको रूपमा लिनेछ र यस्तो अवस्थामा आणविक हतियार प्रयोग गर्ने अधिकार छ । यस विषयमा पाकिस्तानको सोच धेरै स्पष्ट छ ।
यदि भारतले कराँची बन्दरगाह बन्द गर्यो भने सम्पूर्ण पाकिस्तान नै बन्द हुनेछ । यी दुई रातो बत्ती हुन् र हामी यसलाई भारतले युद्ध सुरु गरेको हो भन्ने अर्थमा व्याख्या गर्नेछौं ।
तर, अगस्ट २०१९ मा भारतका रक्षामन्त्री राजनाथ सिंहले भनेका थिए, ‘अहिलेसम्म हामीले पहिले आणविक हतियार प्रयोग गर्दैनौं । तर, भविष्यमा यो नीति परिस्थितिमा निर्भर हुनेछ ।’
यसअघि सन् २०१६ मा भारतका तत्कालीन रक्षामन्त्री मनोहर पर्रिकरले भारत यो नीतिमा बाँधिएर बस्न नसक्ने बताएका थिए ।
धेरै भारतीय रक्षा विश्लेषकहरूले पहिले आणविक हतियार प्रयोग नगर्ने नीतिको आलोचना गरेका छन् ।
पाकिस्तानको लागि सिन्धु जल सन्धिको पानी उसको लागि जीवन रेखा जस्तै हो । र कराँची बन्दरगाहको सञ्चालन स्थिति पनि त्यस्तै हो । यस्तो अवस्थामा भारतसँगको तनावको समयमा पाकिस्तान यी दुई कुराको बारेमा सबैभन्दा बढी चिन्तित हुन्छ ।
सिन्घु पानी सन्धिमा भारतले यसलाई थोरै कडाइ गर्न सक्छ तर पूर्ण रूपमा बन्द गर्न सक्दैन ।
पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भनेको छ, ‘यदि सिन्धु जल सन्धिअन्तर्गत पाकिस्तानलाई दिइने पानी कुनै पनि तरिकाले रोकियो वा मोडियो भने यसलाई युद्धको रूपमा लिइनेछ र पूर्ण शक्तिका साथ जवाफ दिइनेछ ।’
भारतीय रक्षा विश्लेषक राहुल बेदी भन्छन्, ‘पाकिस्तानले सिन्धु जल सन्धिबाट पानी पाएन भने यसको अर्थतन्त्र ध्वस्त हुनेछ र यदि भारतले कराँची बन्दरगाह रोक्यो भने पाकिस्तान पूर्ण रूपमा विच्छेद हुनेछ ।’
उनका अनुसार यदि भारत र पाकिस्तान दुवैले आफ्नो शक्तिको आधारमा एकअर्कामाथि आक्रमण गर्न सक्छन् । शिमला सम्झौतामा एलओसीलाई डिफ्याक्टो सीमाको रूपमा स्वीकार गरिएको थियो, तर अब त्यो रेखा पनि यस्तो भएको छ कि पाकिस्तानले यसलाई स्वीकार नगर्ने बताइरहेको छ ।’
भारतका लागि पूर्व पाकिस्तानी उच्चायुक्त अब्दुल बासित भन्छन्, “पाकिस्तान १९७१ को जस्तो छैन र युद्धको नतिजा फरक हुनेछ ।”
बासितका अनुसार युद्धको नतिजा १९७१ मा जस्तो भारतको पक्षमा हुनेछैन । तर यसको प्रत्यक्ष कारण दुवै देशसँग आणविक हतियार हुनु हो ।
भूराजनीतक असर
यदि युद्ध भयो भने रुस भारतको साथमा हुनेछ र चीन पाकिस्तानको साथमा हुनेछ । तर रुस र चीन यी दुई देशका लागि आपसमा लड्ने छैनन् । यस्तो अवस्थामा दुवै देश चाहन्छन् कि भारत र पाकिस्तानबीच युद्ध नहोस् ।
पाकिस्तानी पत्रकार कामरान खान भन्छन्, ‘पछिल्लो ७८ वर्षमा यो पहिलो पटक हो कि भारतले औपचारिक रूपमा पानी रोक्ने कुरा गरेको छ । २४ करोड पाकिस्तानीहरूको जीवन यस पानीसँग जोडिएको छ र यदि यी जीवनहरू खतरामा छन् भने पाकिस्तानले जे पनि गर्न सक्छौं । यो १९७१ मा भारतको लागि कूटनीतिक विजय थियो किनभने पाकिस्तानले पनि नियन्त्रण
बढ्दै अन्तर्राष्ट्रिय चासो र चिन्ता
भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले दुवै देशलाई कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आह्वानसमेत गरेका छन् ।
साउदी अरबले भारत र पाकिस्तानबीचको बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई संयमता अपनाउन र कूटनीतिक उपायमार्फत समस्याको समाधान गर्न आग्रह गरेको छ ।
त्यस्तै यसअघि चीन, अमेरिका, टर्की र कतारले पनि भारत र पाकिस्तानबीचको तनावलाई लिएर चासो व्यक्त गर्दै शान्तिपूर्ण समाधानको अपेक्षा व्यक्त गरेका थिए ।




प्रतिक्रिया