क्वारेन्टाइनमा रहेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार

क्वारेन्टाइनमा रहेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्‍वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ।

नेपाल सरकारले जारी गरेको क्‍वारेन्टाइन निर्दे्शिकामा हरेकको दूरी कम्तीमा डेढ मिटर तोकिएको छ। भारतका सीमावर्ती सहरमा बसेका नेपाली एकै कोठामा खाँदाखाँद बसेका छन्। उत्तराखण्ड राज्यका विभिन्न ठाउँमा काममा रहेका उनीहरू भारतमा लकडाउनपछि पैदलै सीमा नाकासम्म आएका थिए।

कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका गणेश विकले वनवसा क्‍वारेन्टाइनमा सुरक्षाकर्मीको दुव्र्यवहार सहनुपरेको बताए। ‘तुम्हारे नेपालमै हमारे भारतीय नागरिकको खाना भी नही मिल रहा है’, उनले भारतीय सुरक्षाकर्मीको भनाइ उद्धृत गरे, ‘तुम लोग आपने सरकारसे बोलो ना नेपाल जाने के लिए।’ उनीहरूको दुव्र्यहारले हैरान भएको उनले सुनाए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।