‘सेक्सका लागि नेपाली युवती उपलब्ध’ भन्दै भारतमा विज्ञापन, नेपाली दुतावास के भन्छ?

‘सेक्सका लागि नेपाली युवती उपलब्ध’ भन्दै भारतमा विज्ञापन, नेपाली दुतावास के भन्छ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ‘सेक्सका लागि नेपाली युवती उपलब्ध’ रहेको भन्दै भारतमा विज्ञापन समेत भएको फेला परेको छ।

 

सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विज्ञापनमा नेपाली र बांगलादेशी युवती सेक्सका लागि उपलब्ध रहेको उल्लेख छ।

 

भारतका सबै प्रदेशमा मोजमस्ती तथा यौन सम्पर्कका लागि भन्दै एक महिलाको नाम र सम्पर्क नम्बर समेत उक्त विज्ञापनमा उल्लेख छ।

 

 

उक्त विज्ञापन सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ।

 

नेपाल प्रेस काउन्सिलका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले उक्त विज्ञापन फेसबुकमा राख्दै दिल्लीस्थित नेपाली दूताबासको आलोचना गरेका छन्।

 

उनले भनेका छन्– दिल्लीस्थित दूतावासमा बस्ने साथीहरु के गर्दै र हेर्दै दिन कटाउनुहुन्छ? मौजमस्ती और सेक्स मार्केट खुलेर नेपाली लड्की उपलब्ध हुने बिज्ञापन यसरी हाकाहाकी निक्लँदा देशको हुर्मत लिइँदा खोजवीन,छानबिन,कार्वाही हुनुपर्दैन?’

 

 

पत्रकार श्रेष्ठले फेसबुकबाटै आलोचना गरेपछि दिल्लीस्थित नेपाली दूतावासले मुुख खोलेको छ। दिल्लीस्थित नेपाली दुतावासका राजनीतिक कन्सुलर हरि ओडारीले पत्र लेख्दै घटनाका विषयमा दिल्ली प्रहरीलार्इ जानकारी गराएको बताएको श्रेष्ठले उल्लेख गरेका छन्।