भारतमा ‘लिक’मा सुतिरहेका १६ जना मजदुरलाई रेलले किच्यो


एजेन्सी – भारतमा रेलको लिकमा सुतिरहेका १६ जना मजदुरको रेलले किचेर मृत्यु भएको छ ।

महाराष्ट्रको औरंगाबादमा शुक्रबार बिहान साढे ५ बजे रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आफ्नो ट्वीटमा भनेका छन्, ‘महाराष्ट्रको औरंगाबादमा रेल दुर्घटनामा जनताको मृत्यु अत्यन्त दुःखद छ । रेल मन्त्री पियुष गोयलसँग कुराकानी भएको छ । सबैलाई सहयोग प्रदान गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement