भारतको ऋण रेल र सडकमा


काठमाडौं – भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियत ऋणको ठूलो अंश रेल र सडक पूूर्वाधारमा खर्च गरिने भएको छ।

दुई साताअघि नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतका उच्च अधिकारीहरुबीच ऋण सहुलियतको कार्ययोजना समिक्षा बैठकममा उक्त रकम पुनर्निमार्णणबाहेकको क्षेत्रमा खर्च गर्ने सहमझदारी जुटेको हो ।

बैठकमा सहभागी एक नेपाली उच्च अधिकारीका अनुसार पुनर्निर्माणअन्तर्गतका परियोजानको प्रकृति र एक्जिम बैंकको सर्तहरुका कारण ऋण प्रयोग गर्ने आयोजनामा भारतीय समाग्री तथा परामर्शदाताको संलग्नता हुनुपर्ने सर्तका कारण कठिनाई भइरहेको थियो। यो खबर कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement