काठमाडौं – भारतले नेपालका ५६ वटा उच्च माध्यमिक विद्यालय पुनःनिर्माण गर्ने भएको छ । सोमबार भारतले पुनःनिर्माण गर्न शिक्षा मन्त्रालयसँग २.९५ अर्ब आर्थिक सम्झौता गरेको हो ।
भूकम्प पश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको दूतावासले जनाएको छ।
नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण गर्न लागेको हो ।
भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यससम्बन्धी ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्डअनुरुप पुनर्निर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ ।




प्रतिक्रिया