भारतीय सेनामा भर्ती गराइदिने भन्दै लाखौं रकम लुट्ने सात जना पक्राउ

भारतीय सेनामा भर्ती गराइदिने भन्दै लाखौं रकम लुट्ने सात जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज – गोर्खा राइफल्स अन्तर्गत भारतीय सेनामा भर्ती गरिदिने भन्दै लाखौं रकम असुल्ने सातजनालाई नेपालगन्जको होटल वाटिकाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

भर्तीका नाममा रकम लेनदेन भइरहेको सूचनाका आधारमा राति ११ बजे प्रहरीले होटलका कोठामा खानतलासी गरेको थियो । प्रहरीले दुईजना महिलासहित पूर्र्व भारतीय गोर्खा सैनिकलाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुबाट ३८ लाख रकम समेत बरामद गरेको छ ।