काठमाण्डु-जारी भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आज हुँदैछ । पहिलो रोचक खेल बराबरीमा टुंगिएपछि दोस्रो खेलमा दुवै देश पहिलो जितको खोजीमा हुनेछन् ।
यो खेल आज दिउँसो २ः४५ बजे कोलम्बुमा सुरु हुँदैछ । शुक्रबार सुरु भएको सिरिजको पहिलो खेलमा २३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २३० रनमा अल आउट भएपछि खेल बराबरीमा सकिएको थियो ।
यसअघि भारतसँगको टी–२० सिरिज गुमाएको श्रीलंका घरेलु मैदानमा एक दिवसीय सिरिज उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ । सिरिज उचाल्न बाँकी दुवै खेल जित्नुपर्ने दबाबमा भारत र श्रीलंका छन् ।
टी–२० विश्वकप जितेको भारत त्यसपछिको पहिलो एकदिवसीय सिरिजका लागि श्रीलंका गएको हो। यो सिरिजलाई कप्तान रोहित शर्माको अग्निपरीक्षाका रुपमा प्रमुख प्रशिक्षक गौतम गम्भीरले लिएका छन् ।
विश्वकपपछि जिम्माबावे र श्रीलंकाविरुद्धको टी–२० सिरिज भने भारतले उचालिसकेको छ । जिम्बावेविरुद्धको सिरिजमा भारतीय टोली सुभमन गिलको कप्तानीमा गएको थियो भने श्रीलंकाविरुद्ध सूर्यकुमार यादवको कप्तानीको टोलीले सिरिज उचालेको हो ।
भारतका प्रमुख प्रशिक्षक गम्भीरले रोहित शर्माको कप्तानीमा एक दिवसीय र सूर्यकुमार यादवको कप्तानीमा टी–२० टिम बनाएका हुन् ।




प्रतिक्रिया