भारतले ई-पासपोर्ट जारी गर्ने

भारतले ई-पासपोर्ट जारी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारत सरकारले ई-पासपोर्ट जारी गर्ने भएको छ । अन्तर्राष्ट्रिय यात्रालाई सजिलो बनाउँन सरकारले यसै वर्षको अन्त्यसम्ममा ई–पासपोर्ट जारी गर्न लागेको हो ।

शुक्रबार पासपोर्ट सेवा दिवसको अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले यस्तो जानकारी दिएका हुन् । विदेशमन्त्री जयशंकरले नागरिक अनुभव र सार्वजनिक वितरण सुधार गर्न सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गरेका थिए ।

सरकारले कोभिड संक्रमणको समयमा पनि पासपोर्ट सेवा उत्तिकै जोस र जागरका साथ उपलब्ध गराइएको उनले बताए । नागरिकका लागि राहदानी नियम र प्रक्रियालाई सरल बनाउन सरकार सफल भएको उनले दाबी गरे ।