काठमाण्डु – भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)ले सत्तारुढ नेस्नल डेमोक्रेटिक अलाइन्स (एनडीए)को तर्फबाट उपराष्ट्रपतिको उम्मेदवारमा सीपी राधाकृष्णनलाई उम्मेदवार बनाउने भएको छ ।
आगामी सेप्टेम्बर ९ मा हुने उपराष्ट्रपति पदका लागि निर्वाचनमा एनडीएले महाराष्ट्रका राज्यपाल राधाकृष्णनलाई उम्मेदवार घोषणा गरेको छ।
उनी पार्टीको तमिलनाडु एकाइका पूर्वअध्यक्ष र राष्ट्रिय स्वयमसेवक संघ (आरएसएस)का अनुभवी नेता हुन्। केरला, तेलंगाना तथा पुडुचेरीजस्ता दक्षिणी राज्यहरूमा राज्यपालको रूपमा उनको अनुभवका अतिरिक्त, गत महिना स्वास्थ्यको कारणले पद छोडेका जगदीप धनखडको उत्तराधिकारीको रूपमा पनि उनलाई नै पार्टीको शीर्ष नेतृत्वले संसदीय बोर्ड बैठकभन्दा अगाडि नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने लगभग निश्चित भएको छ ।
बीजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकमा सबै पक्षमाथि छलफल भयो र महाराष्ट्रका राज्यपाल राधाकृष्णनलाई एनडीएको तर्फबाट उपराष्ट्रपतिको पदका लागि उम्मेदवार हुने निर्णय भयो।’
उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने अन्तिम मिति अगस्ट २१ हो।




प्रतिक्रिया