च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै

च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– च्याम्पियन्स ट्रफी अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै छ । पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दै छन् ।

भारत समुह ए को विजेताको रुपमा सेमिफाइनल खेल्दै छ भने अस्ट्रेलिया समुह बि को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो । प्रतियोगितामा दुवै अपराजित रहेका छन् ।

२०२३ मा भारत आफ्नै घरेलु मैदानमा एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । अब यस सेमिफाइनलमा भारतका अगाडि अस्ट्रेलियासँग बदला लिने अवसर रहेको छ ।

एकदिवसीय क्रिकेटमा भारत र अस्ट्रेलियाबीच अहिलेसम्म १५१ खेल भएका छन् । जसमा अस्ट्रेलियाले ८४ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै १० खेलको कुनै नतिजा आएको छैन ।

खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २ः४५ बजेदेखि शुरु हुँदै छ ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुदै छ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुने छ ।