कश्मीरमा दोहोरो भिडन्त, सेनाका कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु

कश्मीरमा दोहोरो भिडन्त, सेनाका कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कश्मीर – कश्मीरमा दोहोरो भीडन्त हुँदा दुई उच्च सैनिक अधिकारीसहित सात जनाको मृत्यु भएको हो ।

उत्तरी कश्मीरको हन्दवारामा शनिबार साँझ आतंककारीसँग भएको भीडन्तमा एक कर्णेल र एक मेजरसहित पाँच सुरक्षाकर्मीको ज्यान गएको हो ।

भीडन्तमा कर्णेल आशुतोष शर्मा, मेजर अनुज तथा अन्य दुई सैनिकको मृत्यु भएको हो । त्यस्तै एक प्रहरी सवइन्स्पेक्टरको पनि ज्यान गएको छ ।

आतंककारीहरुले घरमा रहेका मानिसहरुलाई बन्धक बनाएर राखेको र उनीहरुको उद्धार गर्न जानेक्रममा दोहोरो भीडन्त भएको हो ।

इलाहाबादका बासिन्दा रहेका कर्णेल आशुतोषले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए ।

भीडन्तमा दुई आतंककारीको समेत मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।