प्रचण्ड परिवारलाई भारतको समवेदना

प्रचण्ड परिवारलाई भारतको समवेदना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको निधनप्रति भारत सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

 

 

प्रचण्ड पुत्र प्रकाशको आइतबार बिहान हृदयघातका कारण निधन भएपछि भारतीय विदेश मन्त्री सुष्मा स्वराजले भारत सरकारको तर्फबाट प्रचण्ड परिवारलाई समवेदन प्रकट गरेकी हुन्।

 

 

 

ट्वीट गर्दै स्वराजले नेपालका पूर्वप्रधानमन्त्री प्रचण्डका छोराको निधनको खबरले स्तब्ध भएको बताइएकी छन्।

 

 

 

‘हामी नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोराको आकस्मिक निधनको खबर सुन्दा निकै दुःखी भएका छौं। शोकाकुल परिवारप्रति हामी हार्दिक समवेदना प्रकट गर्न चाहन्छौं,’ ट्वीटमा उनले भनेकी छन्।