काठमाण्डु –भारतले चौथो चरणमा राहत सामग्रीसहित प्राविधिक टोली नेपाल पठाएको छ ।
भारत सरकारले पठाएको चौथो चरणको राहत सामग्री आइतबार बिहान नेपाल सरकारलाई हस्तान्तरण गरिएको भारतको विदेश मन्त्रालय जनाएको छ ।
विदेश मन्त्रालयले आफ्नो सामाजिक सञ्जालमा चौथो चरणमा कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट र सरसफाइसम्बन्धी सामग्रीसहितका राहत सामग्री रहेको जनाएको छ ।
त्यस्तै, भारतबाट राहत सामग्रीसहित खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ प्राविधिक टोली, डीएनए परीक्षणका लागि फरेन्सिक विज्ञहरूको टोली पनि नेपाल आएको छ ।





प्रतिक्रिया