एजेन्सी – युद्ध अभ्यास प्रशिक्षणको लागि उडेको भारतीय वायुसेनाको विमान दुर्घटना भएको छ ।
वायुसेनाको मिग–२१ युद्धकविमान दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा भारतीय वायुसेनाको क्याप्टेन ए गुप्ताको मृत्यु भएको वायु सेनाले जनाएको छ ।
भारतीय वायुसेनाले ट्विटरमा भनेको छ, ‘भारतीय वायुसेनाको एक मिग–२१ विमान आज विहान दुर्घटनाको शिकार भएको छ, यो विमान मध्य भारतको एयरबेसमा युद्धक अभ्यास गरिरहेको थियो । दुखद दुर्घटनामा भारतीय वायुसेनाका ग्रुप क्याप्टेन ए गुप्ताको मृत्यु भएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ ।’




प्रतिक्रिया